पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध मुद्दा दायर
शुक्रबार, ०४ माघ २०८१, १५ : २६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पुष्टि भएकाले शुक्रबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनको प्रमाणपत्रबारे उजुरी परेपछि भएको छानबिनका क्रममा भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै