६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
शुक्रबार, ०४ माघ २०८१, १५ : २५

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई बढुवाको फुली लगाइदिएका हुन् ।
गृह मन्त्रालय (सचिवस्तर) को माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका केही भागहरूमा अत्यधिक गर्मीको चेतावनी
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु