भारत मोबिलिटी एक्सपोमा ५० नयाँ गाडी सार्वजनिक, कहिले आउँछन् नेपाली बजारमा
काठमाडौँ । गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ आजदेखि सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा मेलाको उद्घाटन गरेका छन् ।
यसअघि निजी क्षेत्रको संयोजनमा हुँदै आएको अटो एक्स्पोलाई परिमार्जन गर्दै यसपटक भारत सरकार आफैँले आयोजना गरेको हो । यसको संयोजन भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले गरिरहेको छ । मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई अटो उद्योगका लागि नयाँ युगको सुरुवात भनेर व्याख्या गरेका छन् । उनले यसले भारतीय अटो उद्योगको आगामी दिशा पनि तय गर्ने विश्वास लिएको बताएका छन् ।
भारत सरकारको आयोजनामा भएको एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ गाडीहरू राखिएको छ । टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई जस्ता स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिइएको छ । त्यसमा थप विद्युतीय गाडीलाई बढी महत्त्व दिइएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । एक्सोमा विभिन्न ब्रान्डका ५० भन्दा बढी गाडी सार्वजनिक गरिएको छ ।
द इकनमिक टाइम्सका अनुसार भारतको अटो बजारले कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत हिस्सा ओगटेको छ । स्थानीय उत्पादन थप बढाउने, गाडीका साथै पार्टसको निर्यातलाई पनि प्राथमिकता दिने भारत सरकारले योजना बनाएको छ ।
यस्ता छन् एक्सपोमा राखिएका नयाँ गाडी
भारत मोबिलिटी एक्सपोमा धेरै नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएका छन् । टाटाले सिएरा र कर्भ ईभीका नयाँ मोडल राखेको छ । मारुती सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।
मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । महिन्द्राले बीई–६ ई र एक्सइभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ । जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । बीवाइडीले सिलायन ७ ईभी कार सार्वजनिक गरेको छ । नेपालमा गत भदौमा भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको भए पनि बिक्री वितरण भने भएको छैन ।
मोबिलिटी एक्स्पोमै भिनफाष्टले भी फाइभ र भी सेभेन कार सार्वजनिक गरेको छ । यसका साथै विभिन्न ब्रान्डका हेभी इक्युप्मेन्ट र दुई पांग्रे सवारी साधन पनि प्रदर्शनमा राखिएको छ ।
एक, डेढ महिनामा नेपाली बजारमा
भारतको मोबिलिटी एक्स्पोमा आज मात्रै सार्वजनिक भएका गाडी नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको व्यवसायीहरूले बताएका छन् । नेपाल आउने अधिकांश गाडी भारतीय बजारमा उत्पादन भएका नै हुन् । पछिल्ला केही वर्षदेखि भने विद्युतीय गाडीको बजार हिस्सा बढ्न थालेपछि चिनियाँ बजारबाट पनि उत्तिकै आउन थालेका छन् ।
चीनसँग प्रतिस्पर्धा गर्नैकै लागि भारतले पनि ईभी उत्पादनलाई प्राथमकिता दिएको छ । यसमा टाटा शीर्ष स्थानमा छ । टाटाको नेक्सन ईभी भारतका साथै नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ । यसको टियागो ईभी पनि पछिल्लो समय निकै रुचाइएको गाडी हो । यो पटक मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको टाटा कर्भ इभी दुई महिनाभित्र नेपाली बजारमा उपलब्ध हुने वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।
भारतीय बजारमा आज मात्रै सार्वजनिक भएको हुन्डाई क्रेटा ईभीको नेपालमा पनि उत्तिकै चासोका साथ हेरिएको छ । क्रेटा नेपालमा रुचाइएको मोडल हो । क्रेटा ईभी अबको एक महिनामा नेपाल आइपुग्ने हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : माधवसँग नलतारिने पक्षमा वामदेव, रविविरुद्ध मुद्दा दायर गर्न अर्को प्रतिवेदन तयार
-
स्रोत नखुलेको १५ लाख ७० हजारसहित युवक पक्राउ
-
बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह
-
एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक
-
गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत
-
भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु