आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु
शुक्रबार, ०४ माघ २०८१, १४ : ४४

काठमाडौं । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन ) द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण