प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्यो : सांसद राई
शुक्रबार, ०४ माघ २०८१, १४ : ४२
![प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्यो : सांसद राई](https://npcdn.ratopati.com/media/news/durga_ok0xumEQiL.jpg)
काठमाडौँ । सांसद दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समिति बैठकमा बोलाउन आग्रह गरेकी छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै राईले समसामयिक राजनीतिक विषय बस्तुमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाउनुपर्ने बताएकी हुन् ।
राईले बैठकमा भनिन्– ‘प्रधानमन्त्रीज्यूलाई यो बैठकमा बोलाउनुहोला । मैले सबै सोधेको प्रश्नको जवाफ गृहमन्त्री ज्यूले दिन सक्नुहुन्न । प्रधानमन्त्रीज्यू यो समितिमा उपलब्ध हुनुपर्यो । समसामयिक राजनीतिक विषयमा बस्तुमा छलफल गर्नका लागि ।’
उनले प्रधानमन्त्री ओलीले अध्यादेशबाट देश चलाउन लागेको भन्दै सबैलाई बेकामे बनाइएको आरोप लगाइन् ।
उनले भनिन्– ‘नागरिकबाट कर लिइरहेका छौँ, हामी किन बेकामे भयौँ ? अध्यादेश ल्याउँदै हामीलाई बेकाम बनाएर नराख्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन