विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै
बलिउड अभिनेता अर्जुनले आफ्नी श्रीमती पूर्व मिस इन्डिया मेहर जेसियासँग २० वर्ष पुरानो वैवाहिक सम्बन्धमा ब्रेक लगाउने निर्णय गरेका छन् । दुबैबीच निकै लामो समयदेखि खटपट चलिरहेको थियो र छुट्टा छुट्टै बस्दै आएका थिए ।
ऋतिक रोशन र उनकी पूर्व श्रीमती सुजैन खानको सम्बन्धविच्छेद पछि नै अर्जुनको वैवाहिक सम्बन्धमा खटपटको समाचार आउन थालेका थिए । अब यी दुईले सहमतीमा नै सम्बन्ध तोड्न लागेको जानकारी दिएका छन् ।
पूर्व मोडल अर्जुन रामपाल, ४५, र मेहेर जेसिया, ४७, को सन् १९९८ मा विवाह भएको थियो । उनीहरुका माहिका, १६, र माइरा, १३, नामका दुई छोरी छन् ।
बम्बे टाइम्सलदाई दिएको वक्तव्य अनुसार अर्जुन रामपाल र उनकी श्रीमती मेहरले आफ्नो सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन् । दुबैले आपसी सहमतीमा भिन्न बाटो रोज्ने निर्णय गरेका छन् । अर्जुन र मेहरले आफ्नो सम्बन्धलाई दोस्रो मौका दिन पूरा कोसिस गरे । सम्बन्ध समाप्त नहोस् भन्नका लागि दुबै आफ्ना छोरीहरुसँग विभिन्न भ्रमणमा गए, राम्रो समय पनि बिताए तर स्थिती सामान्य हुन सकेन ।
जारी गरिएको संयुक्त वक्तव्यमा भनियो, ‘२० वर्षको यो सुन्दर यात्रालाई समाप्त गर्ने समय आएको छ । प्रत्येक यात्राको बेग्लाबेग्लै लक्ष्य हुन्छ त्यसकारण हामीले अलग्गिने निर्णय गरेका छौं । नयाँ यात्रा थालेपछि पनि हामी दुबै राम्रो साथी हुनेछौं र आवश्यक परे एक अर्कालाई साथसमेत दिनेछौं ।’
‘हामी दुबै छोरीहरु माहिका र माइराका लागि सधैं हुनेछौं । हामीलाई यो घडीमा सहयोग गर्ने सबैलाई धन्यवाद । सम्बन्ध टुङ्गिन सक्छ तर माया सधैं जीवित रहन्छ । हामीले यसबारे थप प्रतिक्रिया दिनेछैनौं ।’
अर्जुन रामपालको नाम ऋतिक रोशनकी श्रीमतीसँग निकै जोडिएको थियो, दुबैको अफेयरको खबर पनि सार्वजनिक भएको थियो ।
वास्तवमा ऋतिक र अर्जुन कुनैबेला फ्यामिली फ्रेन्ड थिए । सुजैन खान र मेहर जेसियालाई पनि धेरैजसो पार्टीमा सँगै देखिन्थ्यो । यद्यपी, चार वर्ष अघि ऋतिक सुजैनको सम्बन्धविच्छेद हुनुमा अर्जुन रामपाललाई दोष दिइयो । अर्जुन र सुजैनको अफेयरका कारण एक पार्टीमा मेहर र सुजैनबीच झगडासमेत भएको खबर सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण