प्रधानमन्त्री बन्ने दौडमा बीओसीका पूर्व गभर्नर मार्क कार्ने

क्यानडा । क्यानडाको केन्द्रीय बैंक ‘बैंक अफ क्यानडा’ (बीओसी)का पूर्व प्रमुख मार्क कार्ने औपचारिक रूपमै प्रधानमन्त्री जष्टिन ट्रुडोलाई विस्थापित गर्ने दौडमा होमिएका छन् ।
कार्नेले सत्तारुढ लिबरल पार्टीमा नेतृत्वको लागि आफ्नो अभियान शुरु गरेका छन् । क्यानडाको पश्चिमी प्रान्त अल्बेर्टाको राजधानी एडमन्टनमा आयोजित एक र्यालीमा बिहीबार मध्याह्नमा उनले सो अभियान सार्वजनिक गरेका थिए ।
आफू लिबरल पार्टीको नेता र क्यानडाको प्रधानमन्त्रीको लागि आफ्नो उमेदवारीको घोषणा गर्न एडमन्टन फर्किएको उनले र्यालीमा भनेका थिए । यतिबेला क्यानडामा टु«डोका स्थानमा को प्रधानमन्त्री बन्ने भन्ने होडबाजी छ । ५९ वर्षका कार्ने प्रधानमन्त्रीका बलिया उम्मेदवार हुन् ।
उनी सन् २००८ देखि सन् २०१३ सम्म बैंक अफ क्यानडा र सन् २०२० सम्म बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)को नेतृत्व सम्हालेका थिए । व्यापक दबाब र जनसमर्थन तीव्र गतिमा घट्न थालेपछि ट्रुडोले जनवरीको शुरुमा राजीनामा दिएका थिए । पार्टीले उनको उत्तराधिकारी नछान्दा सम्म ट्रुडो कुर्सीमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही