युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’
_WpsxahO9b3.jpg)
काठमाडौँ । प्रकाश सपुतको निर्देशन अभिनय रहेको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ । केही दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २४ लाख बढी भिउज पाउँदै शीर्ष स्थान ओगटेको हो ।
गीतले अहिलेसम्म ९१ हजार लाईकसमेत पाएको छ । फिल्मका निर्देशक समेत रहेका सपुतकै शब्द, सङ्गीतमा तयार गीतमा सपुत र शान्तिश्री परियारको स्वर छ ।
फिल्ममा सपुतको अलवा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र सङ्गीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व