शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः असफल

शुक्रबार, ०४ माघ २०८१, ०९ : ३०
शुक्रबार, ०४ माघ २०८१

वासिङ्टन डीसी । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ ।  बिहीबार उडान भरेलगत्तै समस्याहरू देखिन थालेको स्पेसएक्सले बताएको छ । यसपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको बताइएको छ । 

माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा स्पेसएक्सले भनेको छ, ‘एसेन्ट बर्नको समयमा स्टारशिपमा समस्या आएको थियो । समस्याको मूल कारण राम्रोसँग बुझ्न उक्त उडानसँग सम्बन्धी डेटा टीमले अध्ययन गर्ने छ । टोलीले को लागि यस उडानसँग सम्बन्धित डेटा अध्ययन गर्नेछ।’

सामाजिक सञ्जालमा देखिएको एउटा अपुष्ट भिडियोमा रकेट आगोमा जलिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा लन्चपछिको भिडियो जारी गर्दै मस्कले भने सफलता अनिश्चित छ, तर मनोरञ्जनको ग्यारेन्टी छ भनेर लेखेका थिए । स्टारसिपको यसअघि ६ पटकसम्मको परीक्षण असफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप