५० हजार ऋणको २५ लाख तिरिसक्दा पनि 'टर्चर', प्रशासनमा हारगुहार
विराटनगर । मोरङको पथरी शनिश्चरेमा मिटरब्याजको आतङ्क रहेको भन्दै स्थानीय सरोकारवालाले पीडकलाई कारबाहीको माग गरेका छन् । स्थानीय, राजनैतिक दल र विभिन्न संघसंगठनहरुले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर यस्तो माग राखेका हुन् ।
अनुचित लेनदेन मिटरब्याज जस्तो गम्भीर सामाजिक अपराधलाई नियन्त्रण गर्न र पीडितलाई कानुनी तथा सामाजिक न्याय दिन प्रशासनसँग माग गरिएको स्थानीय अर्जुन जम्मेली राईले बताए । ‘पथरीमा पछिल्लो समय मिटर ब्याजको आतङ्क देखिएको छ । मिटर ब्याज सामाजिक अपराधको सिकार बन्दै आएको छ । यस्तो अपराध जरैदेखि निर्मूल पारी पीडितलाई न्याय दिलाउने काम प्रशासनले गर्नुपर्दछ,’ उनले भने, ‘मिटर ब्याज जस्तो अपराध जरैदेखि उखालेर फाल्न र पीडिकहरुलाई छानबिन गरी हदैसम्मको कारबाही गर्न हामीले पथरीमा सर्वपक्षीय भेलाबाट निर्णय समेत गरिएको छ ।’
ज्ञापन पत्र बुझेदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादवले घटना विषय बुझेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिने बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले दुवै पक्षलाई छलफलमा बोलाएर घटना विषयमा बुझ्न इलाका प्रहरी कार्यालय पथरीलाई भनेको बताए ।
५० हजार ऋणको २५ लाख तिर्दा पनि सकिएन ऋण !
पथरीशनिश्चरे २ घर भएकी ४१ वर्षीय राजकुमारी राईले मिटरब्याजमा ११ वर्ष अगाडि लिएको ५० हजार रुपैयाँ ऋण अहिले उनलाई गलपासो बनेको छ ।
फूलको व्यापार गर्दै आएकी राईले ०६९ मा भाइ धनबहादुरलाई वैदेशिक रोजगारीमा मेलेसिया पठाउनको लागि पथरीशनिश्चरे ८ की धनमाया राईसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५० हजार ऋणको ब्याज १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउँदै आएको उनी बताउँछिन् । २०७६ सालसम्म उनले ऋण लिएको धनमायालाई ५० हजारको साँवा र ब्याज गरेर २५ लाख रुपैयाँ दिइसकेको राजकुमारीको भनाइ छ । अझै ९ लाख रुपैयाँ दिनुपर्ने भन्दै धनमायाले दिनरातको टर्चर दिने गरेको उनले सुनाइन् ।
‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रुपैयाँ बुझाइसके । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिनुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ,’ पीडित लिलावतीले भनिन् ।
‘५० हजार रुपैयाँ लिएको ऋणको ब्याज १५ दिनमा ५ हजार रुपैयाँ दिने गरेको थिएँ । ब्याज तिर्न नसकेपछि सावामा गाभ्ने गरेको थियो । त्यसपछि १ लाखको १० हजार ब्याज हुन थाल्यो । फूलको पसल गर्दै आएको थिएँ । ६ वर्षमा मैले २५ लाख दिइसके । अझै ९ लाख दिनुपर्ने भन्दै अहिले दिनहुँ धम्की आउने गरेको छ । गाउँमा मिटरब्याजमा ऋण लगाउने धनमाया र उनका केटाहरूको गाली सहन नसकेपछि गाउँको भद्रभलाग्दीलाई भनेर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिन आएका छौँ,’ जिप्रकामा भेटिएकी राजकुमारीले भनिन्, ‘गाउँमा मिटरब्याजको आतङ्कले सहन नसक्ने भयौँ । हामीलाई न्याय दिलाइदिन हामी पीडितहरू प्रशासनमा आएका हौँ ।’
यसरी मिटरब्याजमा लगानी गर्ने पथरीकी धनमाया राईबाट पीडित भएर आएकी राजकुमारी मात्रै होइन । उनीसँगै आएकी अर्का पीडित पथरीकी लिलावती राईको पनि समस्या उस्तै छ । उनले पनि धनमायासँग एक लाख रुपैयाँ ऋण लिएकी थिइन् । १ लाखको १९ लाख रुपैयाँ दिइसक्दा पनि अझै सावा र ब्याज तनुपर्ने भन्दै धम्की दिने गरेको गुनासो गरिन् । ‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रुपैयाँ बुझाइसके । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिनुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ,’ पीडित लिलावतीले भनिन् ।
लेनदेनको कागज नदेखिए पनि लिलावतीले मनमायालाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा धनमायाले मनलाग्दी रकम भरेर आफूलाई फसाएको उनको भनाई छ । धनमायाबाट पथरीशनिश्चरेका राजकुमारी राई, चन्द्रकला राई, गङ्गा राई, देवकी पौदार पीडित भएको भन्दै मिटरब्याजमा लगानी गर्नेलाई कारबाहीको माग राख्दै उनीहरूसहित पथरीशनिश्चरेका पुर्व नगर प्रमुख दिलीप कुमार राईसहित विभिन्न राजनैतिक दल र सङ्घसंस्थाका प्रतिनिधिहरू बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेका छन् । उनीहरुले गाउँका सिधासिधा सर्वसाधरणहरुलाई मिटरब्याजमा लगानी गर्ने र उनले भनेजति रकम नदिए उठिबास लगाउने धम्की दिनेलाई कारबाहीको माग राखेका हुन् ।
त्यसैगरी पथरीशनिश्चरे ९ की इन्द्रकुमारी लिम्बुले पनि मिटरब्याजमा ऋण लगाउने गरेको पीडितहरूको गुनासो छ । इन्द्रकुमारीले छिमेकी देबीमाया राईलाई पाँच वर्ष अगाडी १ लाख ५० हजार रुपैयाँ ऋण दिएकी थिइन् । उनले पटक पटक गरी १ लाख ५० हजारको ३० लाख रुपैयाँ दिइसकेको सुनाइन् । अझै ४९ लाख ७० हजार रुपैयाँ दिनुपर्ने भन्दै दिनहुँ टर्चर दिने गरेको उनको गुनासो छ ।
‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्,’ जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी राईले भनिन्, ‘१ लाख ५० हजारको ऋण ३० लाख रुपैयाँ दिइसक्दा पनि अझै ऋण चुक्ता भएन ।’ साहुले अझै साँवा र ब्याज गरेर ४९ लाख ७० हजारको दिनुपर्ने भन्दै चेक बाउन्समा मुद्दा हालेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान नगरे कडा आन्दोलन गर्ने विपक्षीको चेतावनी
-
अपडेटः मनोहरामा मृत भेटिएका पुरुषको सनाखत
-
अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
-
कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
-
नेपाल प्रहरीको प्रवक्तामा आचार्य
-
पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध मुद्दा दायर