मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

निकोलस भुसाललाई आज अदालत पेस गरिँदै

शुक्रबार, ०४ माघ २०८१, ०८ : ३६
शुक्रबार, ०४ माघ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।

बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । डा भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ । भुषाललाई बयानका लागी आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप