हमासले कैदी रिहाइको सुविधा खोजेपछि युद्धविराम सम्झौतामा थप झुलाउने नेतन्याहू रणनीति

काठमाडौं । इजरायलले गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन ढिलाई गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबारै क्याविनेटमा मतदान गराउनु पर्नेमा त्यसो हुन सकेन । उनले उल्टै हमाससँगको सम्झौतामा अन्तिम घडीमा आएर हेरफेरको माग गरिएको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले ‘ढिला सिरा’को संज्ञा दिएका छन् । तर, योजना अनुसारै आइतबारदेखि युद्धविराम लागू हुने विश्वास उनले लिएका छन् । महिनौंदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरु युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । यद्यपि, उक्त सम्झौतालाई सुरक्षा क्याविनेटबाट सरकारी मन्जुरी प्राप्त नभएसम्म लागू गर्न नसकिने बताइन्छ ।
हमासले सम्झौताका लागि पूर्ण प्रतिवद्ध रहेको बताएको छ । तर, उसले आफ्ना केही सदस्यलाई प्यालेस्टाइनी कैदीको सूचीमा संलग्न गर्न खोजेको छ र जसले सम्झौता अनुसार रिहाइ पाउने छन् । बुधबार सम्झौता घोषणा ढिलाई हुँदा इजरायली आक्रमणमा ८० जना मारिसकेका थिए ।
हाल आएर प्रधानमन्त्री नेतन्याहूको कार्यालयले हमासले अन्तिम समयमा कैदी रिहाइको थप सुविधा खोजेको आरोप लगाउदै जबसम्म हमास सम्झौताको सबै तत्वलाई स्वीकार गर्र्दैन तबसम्म क्याविनेट बोलाइँदैन, भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता