जब डायलोले १२ मिनेटमै ह्याट्रिक पूरा गरेर म्यानयुलाई जिताए
शुक्रबार, ०४ माघ २०८१, ०४ : ००

काठमाडौं । अमाद डायलोको ह्याट्रिक मद्दतले म्यान्चेस्टर युनाइटेडलाई प्रिमियर लिगमा ठूलो राहत मिलेको छ । घरेलु मैदानमा बिहीबार राती भएको खेलमा म्यानयुले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनलाई ३-१ ले हराएको हो ।
पहिलो हाफअघि म्यानयु आफैंले आत्मघाती गोल उपहार दिएर साउथह्याम्पटनलाई उचालेकामा ढिलागरी डायलोले ह्याट्रिक गरेर टोलीलाई जिताए । ८२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले (१२ मिनेटमा) अतिरिक्त समयको चौथो मिनेट अर्थात् ९४ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
हालसम्म ९ वटा हार व्यहोरेको म्यानयु २४ अंक जोड्दै बल्ल अंक तालिकाको १४ औं स्थानमा पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ४७ अंक छ । यस्तै, बिहीबार राती प्रिमियर लिग अन्तर्गत भएको अर्को खेलमा ब्राइटनले इप्सविच टाउनलाई २-० ले हराउँदै अंक तालिकाको नवौं स्थान कब्जा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार