नेविसंघले जय नेपाल कप विश्वविद्यालय क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित सोमबारदेखि प्रतियोगिता गर्न लागेको हो।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानमा ९ दिनसम्म चल्ने प्रतियोगितामा नेपालबाट त्रिवि, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने नेविसंघले जनाएको छ।
विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिनेछ। विश्वका धेरै विश्वविद्यालयलाई निमन्त्रण दिएको तर, व्यस्तताका कारण आउन नसककेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । झन्डै ३ करोड अनुमानित बजेट रहेको प्रतियोगितामा आउने विदेशी टोलीलाई खानेबस्ने व्यवस्था गरिएको बताए ।
नेपालीको हकमा विश्वविद्यालयमा दर्ता भएका खेलाडीमात्र खेल्न पाउनेछन् । कुल रन बराबरको पनि गरिने नेविसंघले जनाएको छ। प्रतियोगिताको सदभाव दूतमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढ्ने कान्छा आरोही निमारिन्जी शेर्पा रहेका छन्।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी