पर्यटन व्यवसायी प्रेम घलेको निधन
बिहीबार, ०३ माघ २०८१, २२ : ०७

काठमाडौँ । पर्यटन व्यवसायी प्रेम घलेको अल्पायूमै निधन भएको छ । ४८ वर्षीय उनको बिहीबार उपचारको क्रममा राजधानीको हेम्स अस्पतालमा निधन भएको हो ।
ब्लड क्यान्सर पुष्टि भएसँगै मनाङ स्थायी घर भएका घले केही महिनादेखि उपचाररत थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको निवासमा राखिएको छ भने दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।