पर्यटन व्यवसायी प्रेम घलेको निधन
बिहीबार, ०३ माघ २०८१, २१ : ४७

काठमाडौँ । पर्यटन व्यवसायी प्रेम घलेको अल्पायुमै निधन भएको छ । ४८ वर्षीय उनको बिहीबार उपचारको क्रममा राजधानीको हेम्स अस्पतालमा निधन भएको हो ।
ब्लड क्यान्सर पुष्टि भएसँगै मनाङ स्थायी घर भएका घले केही महिनादेखि उपचाररत थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि स्वयम्भूस्थित निवासमा राखिएको छ भने दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनका लागि उनको महत्त्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना