यादव समुदायको जन्म अरूको कल्याणका लागि भएको हो : भारतीय सांसद यादव
काठमाडौँ । भारत लोकसभामा सांसद पप्पु यादवले यादव समुदाय अरूको सेवाका लागि बनेको बताएका छन् । नेपाल यादव युवा संघले आयोजना गरेका नपाल–भारत: यादव समाजको अवस्था विषय कार्यक्रम उनले यादव समुदाय अरूको रक्षा तथा सुरक्षाका लागि जन्मेको धारणा राखे ।
युदुवंशी कुलमा जन्म लिएपछि मानव कल्याणका लागि काम गर्नै बताउँदै सांसद यादवले आफूले जनसेवा गर्दा त्यसमा ९० प्रतिशत व्यक्ति गैर यादव नै रहेको बताए । उनले भने, ‘यादव भएर यादवकै कल्याण गर्नुपर्छ भने छैन, अरू जाति, वर्ग र समुदायको पनि सेवा गर्नुपर्छ ।’
नेपाल–भारतमा यादवको उपस्थिति राम्रो रहेको भन्दै उनले दुवै देशका यादवले एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । यादव आर्थिक रूपमा कमजोर भएपनि मनले कमजोर नरहेको बताउँदै उनले राजनीतिक रूपमा भारत तथा नेपालमा यादवहरूले राम्रो प्रगति गरेको बताए ।
माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले सबैका पहिचानका लागि संघर्ष गर्न आवश्यक रहेको बताए । मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायको पहिचानका लागि १० वर्षे जनयुद्ध भयो, जनआन्दोलन भयो, मधेस आन्दोलन भयो तर मधेसबाहेक अरू कसैले पहिचान नपाएको बताए । उनले मधेस प्रदेश सानो टुक्रामा भएपनि यसले आफ्ना पहिचान बनाउन सफल भएको बताउँदै अब समग्र मधेस, एक प्रदेशका लागि आन्दोलन गर्नुपर्ने बताए ।
नेपालका निर्माण यादववंशीले गरेको बताउँदै उनले नेपालमा गोपालवंशीले लामो समय राज्य गरेका छन् गणतन्त्र नेपालको पहिलो राष्ट्रपति यादवबाट नै भएको बताए । नेपालको परिवर्तनमा पनि यादवको धेरै ठुलो भूमिका रहेको उनले बताए ।
कांग्रेसका नेता महेन्द्र यादवले नेपालमा यादवको भविष्य उज्ज्वल रहेको र यसमा गर्व गर्नुपर्ने बताए । नेपाल निर्माण गरेर यादवहरूले लामो समय शासन गरेको र गणतन्त्रको पहिलो राष्ट्रपति यादव नै बनेकाले यो देशमा यादवको भविष्य उज्ज्वल रहेको उनले बताए ।
भारतका सांसद यादव दुई दिने भ्रमणका लागि बुधबार नेपाल आइपुगेका हुन् । उनले नेपालमा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
-
वि.सं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा आउने