भीम रावलको पार्टीको प्रस्तावित नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’
बिहीबार, ०३ माघ २०८१, २० : २८

काठमाडौँ । एमालेबाट निष्कासित डा.भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने रावलको भनाइ छ ।