दुग्ध विकास संस्थानले तिर्यो काठमाडौँ महानगरलाई सम्पत्ति कर
बिहीबार, ०३ माघ २०८१, २० : १९

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले बिहीबार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।
वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गार सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको छ ।