बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीति भागबण्डाका खारेज गर्न माग

बिहीबार, ०३ माघ २०८१, २० : १०
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा गरिएको राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ । 

त्रिवि अन्तर्गत २४ वटा क्याम्पस प्रमुखहरूमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा लगायतका दलहरू निकटस्थहरूलाई भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै खारेज गर्न माग गरेको हो । अध्यक्ष वीरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै भागबण्डाका आधारमा गरिएका नियुक्तिहरू बदर गर्न माग गरेका हुन । 

मेरिटोक्रेसीको रटान गर्ने उपकुलपति, रेक्टर र रजिस्ट्रारले अन्ततः आफ्नै पार्टी निकटका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरुलाई क्याम्पस प्रमुख छानेको उनको आरोप छ । यसअघि पनि ८ डीन, ३ निर्देशक र ६ सहपरीक्षा नियन्त्रक पनि भागबण्डाका आधारमा नियुक्ति गरिएको अखिल क्रान्तिकारीको आरोप छ । भागबन्डाका आधारमा गरिएको नियुक्तिप्रति घाेर भर्त्सना र निन्दा व्यक्त गर्दै ती नियुक्तिहरू बदर गर्न माग गरेको हो ।

संगठनले पटकपटक सचेत गराउँदा गराउँदै अटेर गरेर राजनीतिक भागबण्डा गरेर पदीय लुट नमच्चाउन चेतावनी दिए । विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय प्रशासनलाई 'कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै' भन्ने उखान चरितार्थ नगर्ने पनि आग्रह गरे । 

विश्वविद्यालयमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको ठाडो निर्देशनमा राजनीतिक हस्तक्षेप भइरहेको अखिल क्रान्तिकारीको आरोप छ । 

तत्काल राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउनका साथै शैक्षिक क्षेत्रलाई प्राज्ञिक मर्यादा भित्र सञ्चालन गर्न अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप