कौशी थिएटरमा नियमित ‘महासत्त्व’
काठमाडौँ । कौशी थिएटरमा अहिले नाटक ‘महासत्त्व’ मञ्चन भइरहेको छ । नमोःबुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित नाटक वज्र कला कुञ्जले मञ्चन गत २५ पुसबाट मञ्चन थालेको हो ।
तत्कालीन पाञ्चाल र हालको पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार थिए, महासत्त्व । पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागि अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरूको भेट हुन्छ । सिकार गर्न नसक्ने अवस्थामा आफ्ना ५ वटा डमरुसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्त्वले आफ्नै शरीर दान दिएर बचाउँछन् ।
सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुसी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डे लगायत कलाकारको नाटकमा अभिनय गरिरहेका छन् ।
माघ ५ गतेसम्म मञ्चन हुने नाटक ‘महासत्त्व’ हरेक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुन्छ । नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको कौशी थियटरले जनाएको छ ।
नाटकमा कथा तथा निर्देशन चन्द्रमान मैनालीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
-
वि.सं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा आउने
-
नेविसंघले जय नेपाल कप विश्वविद्यालय क्रिकेट प्रतियोगिता गर्ने
-
पर्यटन व्यवसायी प्रेम घलेको निधन
-
१० बजे १० समाचार : भीम रावलको पार्टी गठन प्रक्रिया सुरू, ओलीविरुद्ध विपक्षी दल आक्रामक