वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको छ । दोलखा घर भएका ललित कुमार केसीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतले केसीमाथि अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका हुन् । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् । उनको जाहेरीको आधारमा ललितविरुद्ध म्याद थप भएको हो । प्रहरीले थप आक्रमणकारीहरूलाई खोजी रहेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले मंगलबार र बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’