४ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको माघ ६ बैठक बस्दै
बिहीबार, ०३ माघ २०८१, १८ : ४९

कैलाली । चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको मिति तय गरिएको छ । यही माघ ६ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
यसैबिच बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ ।
गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली थाइल्यान्डमा
-
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति