महामन्त्री शर्माको प्रश्न : नागरिकता दिएपछि आफ्नै देशमा १० वर्षे निःशुल्क भिसा किन ?

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपालीहरूलाई आफ्नै देशमा भिसा दिने प्रावधानको विरोध गरेका छन् ।
पार्टीको बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकमा बोल्दै उनले गैरआवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्नेगरी अध्यादेश ल्याएर व्यवस्था गर्न लागिएको विषयमा असन्तुष्टि राखेका छन् । उनले वंशज‚ अंगिकृत जस्तै संविधानले व्यवस्था गरेको गैरआवासीय नागरिकता पाएकाहरूलाई भिसा किन दिने भन्दै असन्तुष्टि पोखेका हुन् ।
बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिँदै महामन्त्री शर्माले नागरिकता दिएपछि किन भिसा दिनुपर्ने भन्दै प्रश्न गरेका हुन् ।
‘जन्म र वंशको जस्तै गैरआवासीय नागरिकता पनि एक प्रकार हो । संविधानमा व्यवस्था गरेको नियम भित्र गरिकता पाएको नागरिकलाई भिसा दिन मिल्दैन‚’ शर्माको भनाई उधृत गर्दै ती नेताले भने ।
बैठकमा महामन्त्री शर्माले गैरआवासीय नेपालीलाई विदेशी भनेर भिसा दिन मिल्दैन भन्दै ‘भिसा त विदेशीलाई दिने हो नि’ भनेका थिए ।
‘नागरिकता दिएपछि भिसा दिनुपर्दैन‚’ उनले बैठकमा भनेका थिए‚ ‘गैरआसावसिय नेपालीलाई नागरिकता खुकुलो कसरी बनाउने त्यो सोच्नुपर्छ । वंशजको नागरिकता निरन्तरताको विकल्पको विधि के हो त्यो सोच्नु पर्छ । तर भिसा दिएर आफ्नै देशमा आफ्नै देशमा भिसा दिन काम सरकारको गम्भीर त्रुटि हो भनेर भनेको हो ।’
सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ । अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी