वकिल कुटिँदा कानुनका विद्यार्थी सडकमा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल कानुन क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो’, ‘निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो” लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव