साना तथा मझौला कम्पनीले समेत सेयर निष्कासन गर्न पाउने

काठमाडौँ । साना तथा मझौला कम्पनी (एसएमई) ले समेत सेयर निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिहीबार नियमावली जारी गर्दै एसएमईले सेयर निष्कासन गरेर पुँजी जुटाउन सक्ने बताएको हो । उक्त नियमावली पुस ९ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको सेबोनले जनाएको छ ।
नियमावली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार पनि गरेको सेबोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेयर जारी गर्ने एसएमईका लागि चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ । एसएमईले प्रिमियम मूल्यमा पनि आईपीओ जारी गर्न सक्नेछन् ।
पुँजीको बढीमा ४९ प्रतिशतसम्म आईपीओ निष्कासन गर्न पाउने व्यवस्था छ । सेयर जारी गर्नका लागि कम्पनी रेटिङ अनिवार्य छैन । जसको लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीमा उल्लेख छ । आईपीओका लागि लगानीकर्ताले कम्तीमा ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने