राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलायो राज्यव्यवस्था समितिले
बिहीबार, ०३ माघ २०८१, १७ : ०९

काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई छलफल गर्न भन्दै राज्यव्यवस्था समितिले शुक्रबारका लागि बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएर राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफल गर्ने तयारी गरेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार राष्ट्रिय परिचपत्रको नाममा जनताले पाएको सास्तीको विषयमा केन्द्रित रहेर छलफल हुनेछ । उनले बैठक शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको पनि बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएपछि गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
-
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल