दिदीको अश्लील भिडियो बहिनीको मेसेन्जरमा पुगेपछि...
बिहीबार, ०३ माघ २०८१, १६ : ३८

काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो ।
कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितको बहिनीलाई पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा कटवालको संलग्नता खुलेपछि पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण