तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप सम्पन्न, नागार्जुनलाई उपाधि
ललितपुर । डिएभी कलेजको आयोजनामा भएको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप प्रतियोगिता सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउन्डमा पुस २९ देखि माघ २ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नागार्जुन कलेजले डिएभी बीसीए अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रुपैयाँ हात पार्यो । प्रथम विजेता टोलीलाई त्रिशूली भिल्लाले समेत फ्रि र्याफ्टिङ प्याकेज प्रदान गरेको छ ।
त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै पास्कल कलेजले ७५ हजार रुपैयाँ सहित रनर—अप ट्रफी हात पारेको छ भने उक्त प्रतियोगितामा पास्कल कलेजका आभास योञ्जनले वेस्ट प्लेयर अवार्ड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए ।
विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरिट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडिया, लगायत कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी इभेन्ट क्लबका प्रेसिडेन्ट र रहिता शाक्य, भाइस—प्रेसिडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।
यस्तै प्रतियोगिताको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डिएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डिएभी कलेजका चिफ एकेडेमिक एडभाइजर एसोसिएट प्रोफेसर मनोज कुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशूली भिल्लाका जेनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध रूपन्देहीमा शुक्रबार मात्र मुद्दा चलाइने
-
महामन्त्री शर्माको प्रश्न : नागरिकता दिएपछि आफ्नै देशमा १० वर्षे निःशुल्क भिसा किन ?
-
पुल्चोक क्याम्पसमा विज्ञान प्रविधि प्रदर्शन हुँदै
-
डा. तीर्थ खनियालाई अन्तर्राष्ट्रिय अवार्ड
-
मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात
-
६ महिनादेखि काठमाडौँमा थिए चिनियाँ, भारतबाटै आए आरोपीहरू