हरिवंशको ‘हरिबहादुरको जुत्ता’ २१ माघबाट फ्लोरमा
बिहीबार, ०३ माघ २०८१, १६ : १७

काठमाडौंँ । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन माघ २१ गतेबाट सुरु हुने भएको छ । निर्माता सरोज ओलीले फिल्म २१ माघबाट छायांकन निस्कने गरेर सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।
एस एम पिक्चर्स प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, मुरलीधर, किरण केसी, निर्मल शर्मा, रविन्द्र झा लगायतको फिल्ममा मूख्य अभिनय रहनेछ ।
फिल्मको पटकथा, संवाद हरिवंश र उनका छोरा मोहितवंशले मिलेर गरेका हुन् । मोहितवंशको फिल्म निर्माणमा सहकार्य समेत रहनेछ । फिल्मको डिजिटल राइट ओएसआर डिजिटलले किनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी