बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

‘दुखी आत्मा’ले ल्यायो ‘ब्रेकअप कविता’

बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । 

‘माया, तिमी यसलाई एक घटना सम्झ । बिन्ती यसलाई दुर्घटना नसम्झ । सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’

माथि उल्लेखित कविताको हरफ दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको छ । फागुनको २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरू यो फिल्ममा समावेश छन् । जसमध्ये, यसको निर्माण पक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको हो ।

कवितामा दयाहाङ राईको आवाज सुन्न पाइन्छ । भिडियोमा दयाहाङ अभिनेत्री आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, फिल्ममा दयाहाङ कतै कविको भूमिकामा त छैनन् भन्ने अनुमान पनि गर्न सकिन्छ ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

फिल्ममा दयाहाङ र आँचलको अलवा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकाको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया