रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रीहरूलाई बोलाएर आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका भौतिक परियोजना र कार्यक्रमहरूलाई सम्पन्न गराउने विषयमा गति बढाउन निर्देशन दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई पनि बोलाएर सभापति देउवा सहितका पदाधिकारीहरूले यस्तो निर्णय गरेका हुन् । पार्टी प्रमुख सचेतक श्याम घिमिरेले ‘विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन’ निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
‘जस्तो कतिपय आयोजनाहरू बजेटका अभावले थन्किएर बसेका छन् । कतिपय आधा सकिएर आधा बाँकीनै छन् । त्यसलाई चाडो अधी बढाउन निर्देशन दिने निर्णय भएको हो‚’ उनले भने ।
यस्तै बैठकले चालू आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चित पर्खाइमा रहेका र टेन्डर हुन नसकेका मात्र होइन निर्माण सुरू भएका तर अपेक्षित गतिमा काम नभइरेका विकास आयोजनालाई सम्पन्न गराउने आवश्यक पहल कदमी लिने निर्णय पनि गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा