न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
उजुरी आह्वान गर्ने निर्णय
बिहीबार, ०३ माघ २०८१, १४ : २१

काठमाडौँ । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले खड्काको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान
-
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री
-
महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
-
भूकम्पको १० वर्ष पहिले र अहिले : तस्बिरमा जे देखियो