त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबलाई जय ट्रफी

वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । बिहीबार अन्तिम दिनको खेलमा १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मीलाई ७४ रनमा रोक्दै पुलिस विजेता बनेको हो ।
आर्मीलाई सस्तोमा समेट्न सागर ढकाल र ललित राजवंशीले घातक बलिङ गरे । ढकालले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए भने राजवंशीले १५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।
आर्मीका लागि ओपनर इमरान शेखले सर्वाधिक २८ रन जोडे । त्यसबाहेक कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११–११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पुलिसले पहिलो इनिङ्समा १ सय ३३ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, त्रिभुवन आर्मीले आफ्नो पहिलो इनिङ्समा १ सय ७० रन जोडेको थियो ।
नेपाल पुलिस क्लब दोस्रो इनिङ्समा १ सय ३९ रनमा सीमित बनेको थियो । प्रहरी आफ्नो दोस्रो इनिङ्समा ४९.१ ओभरमा अलआउट हुन पुग्यो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।
दिलिप नाथले ६२ बलमा ३४ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र १ छक्का प्रहार गरे । रासिद खानले १८ रन तथा अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसलाई सस्तोमा समेट्न शहाब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आलमले २५ ओभर बलिङ गर्दै ७५ रन खर्चिए । अहमदले २२.१ ओभरमा ४९ रन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा