बार एसोसिएसनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा
काठमाडौँ । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी एसोसिएसनले सो आक्रमणको निन्दा गरेको हो ।
बुधवार सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । बार एसोसिएसनले सो साङ्घातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ : ‘न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि नै गम्भीर चुनौती देखिएको छ ।’
त्रिपाठीमाथि गाली गलौज गरी साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन