बेटिसमाथि बार्साको गोल वर्षा

काठमाडौँ । स्पेनिस महारथी बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ मा रियल बेटिसमाथि गोल वर्षा गरेको छ । बुधबार भएको खेलमा बार्सा ५–१ गोलले विजयी बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनेटमा गाभीले ड्यानी ओल्मोको पासमा टोलीलाई अग्रता दिलाए । २७ औँ मिनेटमा १७ वर्षीय लमिन यामालले जुल्स कुन्डेलाई गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको सुरुवातमा राफिन्हाले टोलीका लागि तेस्रो गोल गरे ।
६७ औँ मिनेटमा फेरान टोरेसले चौथो गोल थपे । यामालले ७५ औँ मिनेटमा अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए । खेलको अन्त्यतिर भिक्टर रोकले बेटिसका लागि पेनाल्टीबाट सान्त्वना गोल फर्काए ।
बार्सिलोनाले लगातार दुई खेलमा ५ गोल गर्न सफल भएको छ । यसअघि आइतबार साउदी अरबमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–२ गोलले हराउँदै सुपर कपको उपाधि जितेको थियो ।
ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले दोस्रो डिभिजनमा रहेको एल्चेमाथि ४–० को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । लेगानेस र गेटाफे पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली