काठमाडौँको सागमा भेटियो विषादी
बिहीबार, ०३ माघ २०८१, १२ : १२

काठमाडौँ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण गरेको तरकारीमध्ये काठमाडौँ क्षेत्रमा उत्पादित भाजी रायो सागमा विषादी भेटिएको हो ।
समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । काठमाडौँ क्षेत्रका भाजी रायो सागमा ८६.४४८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल