सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना : तीन जनाको मृत्यु
काठमाडौं । चितवन र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । दुबै दुर्घटना सवारी साधन एकापसमा ठोक्किएर भएका हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका-४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प २९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आले रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकमा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा २ जनाएको मृत्यु भएको छ ।
युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका-१ बस्ने ३५ वर्षीय नेहामन अली र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल चालक रूपन्देही सैनामैना नगरपालिका-४ बस्ने २७ वर्षीय रोमन थारूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नेहमानको मेडिकल कलेज भैरहवा रूपन्देहीमा र रोमनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दर्घटनामा घाइते भएका लु.१० प ४४९६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन