बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले भन्यो– अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन

बिहीबार, ०३ माघ २०८१, १२ : ०१
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रधानम्नत्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ । 

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । 

‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन भनेर भन्नुभयो‚’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप