पाकिस्तानमा १४औँ साग आयोजनाका लागि बैठक आह्वान

काठमाडौँ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि बैठक बोलाएका छन् ।
उनले फेब्रुवरी २५ र २६ मा लाहोरमा बैठक बोलाएका हुन् । पाकिस्तानले अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पूर्व सहमति अनुसार तयारी बैठक बोलाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
कमिटीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने उल्लेख छ । त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने उनले बताए ।
सन् २०१९ मा नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक