देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
_6vyzr7eqht_GbuDUBkwdV.jpg)
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेको छ ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमार्फत भएर गरेका कामको ब्रिफिङ गर्ने क्रम जारी रहेको छ । ११ बजेसम्म ३ वटा मन्त्रालयको ब्रिफिङ सकिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
बैठकमा सभापति देउवासहित शीर्ष नेताले सरकारका काम कारबाही थप प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएका छन् ।
‘नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयका बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । अब के–के काम गर्ने, कसरी प्रभावकारी रूपमा अगाडि जाने भन्नेमा छलफल केन्द्रित छ’, चौधरीले भने, ‘त्यसकारण गठबन्धनको २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई दिनुपर्ने सेवा दिनुपर्छ भनेर भन्नुभयो’, मन्त्री चौधरीले भने ।
उनका अनुसार बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका बारेमा महामन्त्री गगन थापाले जानकारी गराएका छन् ।
नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री सङ्घीय सरकारमा सहभागी छन् । ब्रिफिङका क्रममा मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकिएको स्वीकार समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास