सैफमाथि ६ पटक चक्कु प्रहार, शल्यक्रिया गरियो

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो।
सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो । लीलावती अस्पतालका सीओओ डा.नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताएका छन्। तीमध्ये दुईवटा घाउ गहिरो छन् ।
मेरुदण्ड नजिकै पनि घाउ छ। डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छसैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ । आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । यता प्रहरीका डीसीपी दीक्षित गेडामले सैफको फर्च्युन हाइट्स खार स्थित घरमा राति एक व्यक्ति सैफको घरमा पसे र उनको कामदारसँग झगडा गरे । जब अभिनेताले ती व्यक्तिलाई रोक्ने प्रयास गरे, उनले सैफलाई आक्रमण गरे र उनी घाइते भए।
आक्रमणको समयमा परिवारका अन्य सदस्यहरू कहाँ थिए भन्ने जानकारी हालसम्म उपलब्ध छैन। करिश्मा कपूरले ९ घण्टाअघि इन्स्टाग्राम स्टोरीमा पोस्ट सेयर गरेकी थिइन् । डीसीपी गेडामले यस घटनामा अनुसन्धान भइरहेको बताए । अहिलेसम्म कोही पक्राउ परेका छैनन् । आक्रमणकारी को थिए भन्ने खुल्न सकेको छैन ।
मिडिया रिपोर्टका अनुसार मुम्बई पुलिसले सैफको घरबाट तीन जनालाई सोधपुछका लागि पुलिस स्टेसन लगेको छ। यसैबिच मुम्बई क्राइम ब्रान्चको टोली पनि यस विषयमा अनुसन्धान गर्न सैफको घर पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
-
नीतिगत तहमा रोजगारदाता हाबी हुँदा श्रमिकलाई समस्या
-
रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न एकीकृत समाजवादीको माग
-
विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी