बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको विज्ञ सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने

बिहीबार, ०३ माघ २०८१, १० : ५५
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको रिक्त व्यवस्थापन विज्ञ सदस्य  पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिने भएको छ । जसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै ५ जना सदस्यलाई अन्तरवार्ताका लागि बोलाएको छ ।

जसमा गंगादत्त जोशी,मुकुन्द सुवेदी, प्रेमलाल लामिछाने, हिरा बोहरा, शान्ता बास्कोटालाई अन्तरवार्ताको लागि बोलाइएको जनाएको छ ।

अन्तरवार्ताको समय माघ ६ गते रहेकोमा व्यवस्थापन विज्ञ पुरुष सदस्यका लागि ४ बजे महिला सदस्यका लागि ५ बजे तोकिएको छ । साथै सो अन्तरवार्ता २०  मिनेट रहेको जनाएको छ ।  

222

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप