टेक्नोले ल्यायो नयाँ स्मार्टफोन फ्यान्टम भी फोल्ड
बिहीबार, ०३ माघ २०८१, १० : ३३
काठमाडौँ । टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २ ५जी सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन रहेको र यसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउने कम्पनीको भनाइ छ।
५० मेगापिक्सेल मुख्य क्यामेरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्स रहेको फोनमा ५७५० mAh क्षमताको ब्याट्री रहेको छ ।
किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम
-
बेटिसमाथि बार्साको गोल वर्षा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
-
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
-
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका