विकासको ‘मन’ सार्वजनिक
बिहीबार, ०३ माघ २०८१, १० : ०८

काठमाडौँ । गायक विकास मानन्धर गीत ‘मन’ सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत पनि विकासकै रहेको गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा गायक विकाससँगै सुवास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियो सरोजकुमार चौहानले निर्देशन गरेका हुन् ।
भिडियोमा छायाङ्कन र सम्पादन राकेश दाहालको छ । विकासले गीतमा मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको बताए । ‘गीतमा खुसी, दुःख, उत्साह र निराशाजस्ता भावना बिचको यात्रा र ती सबै भावनाहरूलाई सन्तुलनमा ल्याउने प्रक्रियालाई देखाइएको छ’, उनले भने ।
नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता सङ्गीत प्लेटफर्महरूमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म