बिदाइ भाषणमा बाइडेनको निशानामा अति धनाढ्य, भन्छन्: ‘यस्ता मानिसहरूको हातमा शक्ति हुनु खतरनाक’
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि ओभल अफिसबाट बोल्दै बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनले अति धनाढ्यहरूलाई निशाना बनाएका छन् । सीमित मान्छेको हातमा शक्ति र पैसा केन्द्रित भएकोमा उनले चिन्ता पनि व्यक्त गरेका थिए ।
शक्तिलाई नियन्त्रण नगरी छोडियो भने यसको खतरनाक परिणाम हुने उनले बताए । आफ्नो देशका लागि वास्तविक खतरा निम्त्याउन सक्ने प्राविधिक औद्योगिक परिसरको सम्भावित उदयप्रति पनि आफू चिन्तित रहेको उनले बताए ।
ह्वाइट हाउस छोड्नुअघि बाइडेनले आफ्नो कार्यकालले अमेरिकी विचारलाई आकार दिएको बारे पनि कुरा गरे । आफूहरू सबैले मिलेर गरेको कामको प्रभाव महसुस गर्न समय लाग्ने उनको भनाइ थियो । बीउ रोपिएको र ती आउने दशकौंसम्म बढ्ने र फुल्ने पनि उनले बताए । आफ्नो बिदाइको भाषणमा बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई पनि समर्थन गरेका थिए ।
बाइडेनले बुधबार एक पत्र जारी गर्दै आफूले गरेका केही वाचाहरू पूरा नभएको स्वीकार गरेका थिए । अमेरिकाको आत्मा खतरामा छ भन्नेमा आफू विश्वस्त भएकोले आफूले राष्ट्रपति पदको लागि उम्मेदवारी दिएको पनि उनले बताए । अहिले पनि खतरा बाँकी रहेको उनको भनाइ थियो । आफूले आफ्नो मन र आत्मा देशलाई दिएकोमा उनले जोड दिए । यसको बदलामा अमेरिकी जनताको माया र समर्थनबाट म लाखौं पटक आशीर्वाद पाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
-
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका
-
काठमाडौँको सागमा भेटियो विषादी
-
सभापतिलाई ब्रिफिङ गर्दै कांग्रेस मन्त्रीहरूले भने– सोचेअनुसार काम हुन सकेको छैन
-
नेसपा (नयाँ शक्ति) को महाधिवेशन तयारी कहाँ पुग्यो ?