विमर्शमा अर्जुनबाबु दाहालको कविता कृति ‘हिँड्न बाँकी बाटाहरू’
काठमाडौँ । कवि अर्जुनबाबु दाहालको प्रथम कविता कृति ‘हिँड्न बाँकी बाटाहरू’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कलमका साथी’ र ‘अयुर्दा अयुर्वेदिक क्लिनिक’को संयुक्त आयोजनामा आयोजित यस कार्यक्रममा उपप्राध्यापक चन्द्र ढकाल र कवि भारती न्यौपानेले कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।
कृतिले सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य गरी जीवनबोधी अभिमत प्रस्तुत गरेको समीक्षकद्वयले बताए । कविले कृतिमा सरल भाषामा गम्भीर अभिव्यक्ति दिन सफल भएको उनीहरूको धारणा थियो ।
वरिष्ठ निबन्धकार युवराज नयाँघरे र वरिष्ठ कवि डा। नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा उपप्राध्यापकद्वय निमग्ना घिमिरे र हेम भण्डारी तथा साहित्यकार शोभा शरभले कृतिमाथि पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ पुरु लम्साल र वरिष्ठ कवि डा। नवराज लम्सालले कवि दाहालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
मौलिकताले नै सिर्जनालाई जीवन दिने भन्दै नयाँघरेले कविको प्रशंसा गरेका थिए । ‘कलमका साथी’का अध्यक्ष गीता रेग्मीले सरल कविताले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।
सहजकर्ताको भूमिकामा रहेकी आख्यानकार अनिता कोइरालाले कृतिभित्रका केही कविताको सुमधुर वाचन गरी कृतिको महत्त्व उजागर गरेकी थिइन् । गीतकार तथा समीक्षकको समेत परिचय बनाएका दाहाल आयुर्दा आयुर्वेदिक क्लिनिकका सञ्चालक तथा आयुर्वेदिक चिकित्सक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम
-
बेटिसमाथि बार्साको गोल वर्षा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
-
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
-
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका