युद्धविराम सम्झौताबारे के भन्छन् इजरायल र हमास ?

तेल अभिभ । गाजामा युद्धविराम गर्ने र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबिच सम्झौता भएको छ । यस सम्झौताको बारेमा दुवै पक्षबाट प्रतिक्रिया आएको छ । समूहले युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ नगर्ने हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भनेका छन् ।
सबै पीडितहरूको तर्फबाट बगेका रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुका लागि यसलाई आफूले नभुल्ने पनि उनले बताए । इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको उनको भनाइ थियो ।
यसैबिच प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनको वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने इजरायली राष्ट्रपति इसहाक हर्जोगले बताएका छन् । उनले मन्त्रिपरिषद् र सरकारलाई समेत यसलाई मञ्जुरी दिन आह्वान गरेका थिए । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक