विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन सर्यो
बिहीबार, ०३ माघ २०८१, ०८ : ४७

काठमाडौँ । सङ्घीय सांसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन सरको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो ।
कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेकाले सम्मेलन भोलि दिउसो ३ बजेका लागि सारिएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
विपक्षी दलको हिजोको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो । यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते