हेटौंडामा सीसी क्यामेरा न्यून, सुरक्षा चुनौती बढ्दो
मकवानपुर । पछिल्लो समय मकवानपुरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । चोरी तथा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ ।
संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानी हेटौंडाको जनघनत्व बढ्दो अवस्थामा छ । सोअी अनुपातमा सवारी साधनको चाप पनि बढ्दै गएको छ ।
बढ्दो सवारी चाप र शहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्याङ्क छ । सुरक्षा चुनौतीको मध्यनजर गर्दै अनुसन्धानमा सहयोगी मानिएको सीसी क्यामेरा न्यून रहँदा समस्या भएको छ ।
घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ । तर, हेटौंडामा पर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाको मुख्य सडक, चोक र राजमार्गहरूमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । खड्काका अनुसार मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा १५९ वटा सीसी क्यामेरा छन् । तर तीमध्ये अधिकांश बन्द अवस्थामा छन् । मकवानपुरका विभिन्न स्थानमा जडान भएको ७९ थान सीसी क्यामेरा बिग्रिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
हाल ८० वटा क्यामेरामात्रै चालु अवस्थामा रहेको उनले बताए । शान्ति सुरक्षालाई थप मजबुत बनाउन राजमार्ग क्षेत्र र बजार क्षेत्रहरूमा अझै २९ ठाउँमा एएनपीआर सीसी क्यामेरा जडान गरिनुपर्ने उनको भनाइ छ ।
प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट सीसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिवद्धता आएको तर, काम अघि बढ्न नसकेको प्रहरी उपरीक्षक खड्काले बताए । अपराध अनुसन्धान र दुर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त–दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।
प्रदेशको राजधानी रहेको हेटौंडामा मन्त्रालयहरू तथा भीआईपी र भीभीआईपी लगायतका आवास गृह, सरकारी तथा गैरसरकारी कार्यालय, औद्योगिक क्षेत्र र व्यापारिक निकायमा सीसी क्यामेराको अभावमा सुरक्षा चुनौती देखिएको प्रहरी उपरीक्षक खड्का बताउँछन् ।
प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट सीसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिवद्धता आएको तर, काम अघि बढ्न नसकेको प्रहरी उपरीक्षक खड्काले बताए । अपराध अनुसन्धान र दुर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त–दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।
५ महिनामा १६ करोडभन्दा बढी राजस्व सङ्कलन
प्रहरी उपरीक्षक खड्काका अनुसार प्रहरीले चालु आर्थिक वर्ष (२०८१/०८२) को ५ महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट १६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा अवैध मालसामान बरामद, ट्राफिक कारबाही, सुनचाँदी, नदीजन्य पदार्थ लगायत विभिन्न कारबाहीबाट १६ करोड १९ लाख ४४ हजार १९३ रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।
भौगोलिक विकटताका बावजुद सुरक्षा निकाय र स्थानीय तहबिचको समन्वयमा विपद् उद्धार, अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, कानुनी सचेतनालगायतका कार्य सञ्चालन भएको खड्काको भनाइ छ । पछिल्लो समय साइबर अपराध, आर्थिक अपराधसँग सम्बन्धित उजुरीहरूमा वृद्धि भएको र लागु औषधको उत्पादन, खपत, ओसारपसार, बिक्री वितरण लगायत ट्रान्जिटको रूपमा रहेको पनि प्रहरी उपरीक्षक खड्काले बताए ।
ट्राफिक व्यवस्थापनबाट १ करोड १४ लाख ७२ हजार रुपैयाँ र अवैध गिट्टी बालुवा नियन्त्रणबाट ४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा प्रहरीले ६२ लाख ९० हजार रुपैयाँ विदेशी मुद्रा बरामद गरेको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक खड्काका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा कपडा, खाद्यान्न, सुन, चाँदी, सवारी साधनलगायत अवैध भन्सार छलीबाट १५ करोड ३ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी अवैध सुन बरामदबाट १२ करोड १० लाख ९२ हजार रुपैयाँ, कपडा, खाद्यान्न र अन्य अवैध मालसामान बरामदबाट २ करोड ३६ लाख ६४ हजार रुपैयाँ, अवैध सवारी साधन बरामदबाट ७० लाख ८१ हजार रुपैयाँ, अवैध चाँदी बरामदबाट ३ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
ट्राफिक व्यवस्थापनबाट १ करोड १४ लाख ७२ हजार रुपैयाँ र अवैध गिट्टी बालुवा नियन्त्रणबाट ४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा प्रहरीले ६२ लाख ९० हजार रुपैयाँ विदेशी मुद्रा बरामद गरेको उनको भनाइ छ ।
सो अवधिमा ४७४ वटा विभिन्न मुद्दा दर्ता भएको र ३४६ जना मानिस पक्राउ परेको प्रहरी उपरीक्षक खड्काले बताए । यस्तै, ८७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइडेन र ट्रम्पबिच गाजा युद्धविरामको जस लिने होड
-
पहिले हिरो–हिरोइन, अहिले के ?
-
विकासको ‘मन’ सार्वजनिक
-
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी, एक जना घाइते
-
बिदाइ भाषणमा बाइडेनको निशानामा अति धनाढ्य, भन्छन्: ‘यस्ता मानिसहरूको हातमा शक्ति हुनु खतरनाक’
-
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ